राजनीति

‘घर-घर जाउँ काँग्रेस जिताउँ’ अभियान गठबन्धन गरे माओबादी जिताउँ अभियानमा बदलिन्छः बरिष्ठ नेता डा कोईराला

१८ चैत, पोखरा । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले पैसा नभएका नेता कार्यकर्ताले निर्बाचन नलडे हुने अवस्थाको श्रृजना भएको बताएका छन् ।
लोकतन्त्रमा समाबेशीतालगायतका बिषय समेटिईसकेको भन्दै संबिधानमा महिलाहरुलाई दिईएको आरक्षण लागू गर्न सकिएमात्र पनि काँग्रेस आफैंमा समाबेशी हुने दाबी उनले गरेका छन् ।
प्रजातान्त्रीक विचार समाजको कार्यक्रममा बोल्दै काँग्रेसलाई लोकतन्त्रमा हुने शुसासन, पारदर्शीता, जवाफदेहीता जस्ता कुराहरुलाई ध्यान दिनुपर्ने अवस्था रहेको भन्दै मधेशका स्कुलमा महिलाहरु ट्वाईलेट जान सक्ने अवस्थामा नरहेको बताए । उनले करोडौं रुपैयाँ खर्च गरेर भ्यू टावर बनाउनुको सट्टा खानेपानी, अस्पताल र स्कुलमा लगानी गर्न सकिने बताए ।
नेता डा कोईरालाले आफू संघीयताको पक्षदर रहेको भएपनि ऋण लिएर संघीयता चलाउनु राम्रो नभएको बताए । उनले २५ हजार मेट्रिक टन सुपारी आयात गरिरहेको अवस्था भनेको भयाभह भएको बताए । उनले कार्यक्रममा नेपाल दुई ठूला देशको बीचमा रहेको कुरालाई जोड्दै घर घर जिताउँ काँग्रेस जिताउँ भन्ने भन्दा पनि घर घर जाउँ माओबादी जिताउँ भन्ने भईरहेको भन्दै प्रजातान्त्रीक विचार समाजले त्यसलाई चिर्न पहल गर्नुपर्ने बताए ।
नेता डा कोईरालाले पार्टीमा राम्रो मान्छे भएपनि पैसा नभएको मान्छेले चुनाव लड्न नसक्ने अवस्था भए पार्टीले खर्च गरेर उसलाई जिताउँन पहल गर्नुपर्ने बताए । काँग्रेसले आउँदै गरेको स्थानीय तहको निर्बानमा गठबन्धन गर्नुहुन्न भन्ने आवाज उठाउँदै आएका डा कोईरालाले माओबादीलाई जिउँनुपर्छ भन्दै गठबन्धन गर्नु काँग्रेसका लागि हीत नहुने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, कांग्रेस नेताहरुः जगदिश्वरनरसिंह केसी, यज्ञ ब थापा, समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, शोभियत अधिकारी, समाजका कास्की अध्यक्ष डा गिरीधारी शर्मा लगायतको उक्त कार्यक्रममा उपस्थिति थियो ।