बाग्मती

उद्योग वाणिज्य सङ्घबीच सहकार्य

२१ चैत, वीरगञ्ज । आर्थिक नगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच व्यापारिक विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि दुई सङ्घबीच आपसी सम्झौता भएको छ ।

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध सङ्घले घनिभूतरुपमा आ–आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई सङ्घबीच सम्झौता भएको हो । 

वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि यस्तो सम्झौता गरिएको वीरगञ्ज उवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता जानकारी दिए ।

आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का सङ्घबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले ती दुई वाणिज्य सङ्घसँग यस्तो सम्झौता भएको हो ।