प्रवास

वीपी विचार राष्ट्रिय समाज अमेरिकाको संयोजकमा राजभण्डारी


२१ चैत, काठमाण्डौ । वीपी विचार राष्ट्रिय समाज उत्तर अमेरिकाको संयोजकमा दीपमणि राजभण्डारी नियुक्त भएका छन । नेपाली कांग्रेसका नेता एवं समाजका सभापति कुलबहादुर गुरुङले आज राजभण्डारीलाई उत्तर अमेरिका तथा क्यानडामा वीपी विचार राष्ट्रिय समाजको शाखा गठन गर्न संयोजकको जिम्मेवारी प्रदान गरेका हुन ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपाली राजनीतिक तथा साहित्यिक क्षेत्रमा दिएका विचारलाई देश विदेशमा लैजानका लागि वीपी विचार राष्ट्रिय समाज स्थापना भएको हो । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका समाजका सभापति गुरुङले राजभण्डारीलाई वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन ।