प्रदेश 1

नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया

२४ चैत, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका विषयमा डाक्टर र बिरामीबीच नोबेलका पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएकोे हो ।

   अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका विभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागी थिए । आन्द्राको दीर्घ रोग लाग्ने कारण, अपनाउँनुपर्ने सावधानी, उपयुक्त खानपिन लगायत विषयमा छलफल गरिएको थियो । सो अवसरमा विरामीहरुले भोगेका अनुभव सुनाएका थिए । डाक्टरहरुले रोगका विषयमा बिरामीहरुलाई थप जानकारी गराए । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर खड्काले नियमित औषधि सेवन गर्न र अग्र्यानिक खानेकुरा खान विरामीहरुलाई सुझाव दिए ।

   कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सबै रोगका विरामीहरुको उपचार गर्ने गरी नोबेल अस्पताल अघि बढिरहेको भन्दै अस्पतालले गुणस्तरीय उपचारलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै जाने बताइन् । नोबेलका डा.विश्वनाथ अधिकारी, डा.मुक्ति आचार्य, मेट्रोन कल्पना पोख्रेल लगायतले पनि विरामीहरुलाई सम्बन्धित डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरेर उपयुक्त खानपिनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।