गण्डकी प्रदेश

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे


२४ चैत, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन भएका छन ।

गण्डकी प्रदेश समितिका सदस्यसमेत रहेका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिए । यसअघि संयोजकको भूमिकामा रहेका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाएका हुन ।