स्वास्थ्य

बुढानिलकण्ठको पाइसकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

२४ चैत, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ स्थित सिनामंगल काठमाडौं मेडिकल कलेज र जीपी फाउन्डेसन क्षेत्र नंम्बर ४ को सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

   बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ४ को कार्यालय परिषरमा सञ्चालित शिविरमा ९७३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १९२ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

   केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।