राजनीति

डा कोईरालाको दाबीः काँग्रेस एक ढिक्का भए कसैले पनि काँग्रेसलाई हराउन सक्दैन

२४ चैत, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नेपाली काँग्रेसलाइ कसैले पनि हराउन नसक्ने बताएका छन् ।
उनले नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्णय आवश्यक्ता र औचित्यतालाई आधार मानेर तालमेल गर्ने, तालमेल गर्ने जिल्ला जिल्ला र क्षेत्रलाई जिम्मा दिएको भन्दै जिल्लालाई केन्द्रबाट प्रेशर नआएमा ७५३ स्थानीय तहमध्ये धेरैजसो क्षेत्रमा बिजय गर्ने दाबी गरे ।


डा कोईरालाले काँग्रेसले कम बोल्ने बढी काम गर्ने भन्दै केन्द्रले दिएको घोषणापत्रको अलवा पालीकाले पनि ५ बर्षभित्र गर्न सकिनेमात्र काम समावेश गर्न वडा वा पालीकालाई आग्रह गरेका छन् ।
पालीकाको घोषणापत्र केन्द्रले बनाएको भन्दा राम्रो हुनुपर्ने उनले बिचार ब्यक्त गरेका छन् । डा कोईरालाले भ्यू टावर जस्ता फजुल खर्च गर्नुको सट्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । एमसीसीबाट काँग्रेसलेमात्र देश बिकास गर्न सक्ने पुष्टी भएको भन्दै कम्युनिष्ट जनबादी हिसावमा चलेर अगाडी बढ्ने कुरा केपी शर्मा ओली सरकारबा पुष्टी भएको जनताले बुझेको बताए ।
नेपाली काँग्रेसमात्र एक ढिक्का भएमा काँग्रेसलाई हराउन कसैले नसक्ने उनले दाबी गरेका छन् । बिराटनगरमा आयोजीत एक निर्बाचन बिशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सोचाई र बिचार फरक भएपनि केन्द्रीय समितिले निर्णय गरेपछि सबैले मान्नुपर्ने बताए ।

पूर्वमन्त्री मीनेन्द्र रिजालले सङ्घीयतालाई कमजोर बनाउने कार्य विगतको सरकारले गरेको विचार राखे । सङ्घीय सांसदद्वय डा डिला सङ्ग्रौला, रमेशजङ्ग रायमाझी र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबै जातजाति, भाषाभाषीको सम्मान गर्ने पार्टी कांग्रेस भएकाले यसले मुलुकको विकास एवं जनताको आर्थिक समृद्धि कायम गर्ने धारणा राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सिंहदरबारको अधिकार घरघरमा पु¥याउने कार्य कांग्रेसले गरेकाले जनतामा यस पार्टीप्रति पूर्ण आस्था र विश्वास रहेको विचार राखे । कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, पूर्वमन्त्री महेश आचार्य, ऊर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, मधुबाबु तिवारी र शोभा पालुङ्वालगायतलेखेख्नुभयो ।