२९ चैत, काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले कर्मचारी सरुवा, बढुवालगायतका कर्मचारीको हितका लागि आफुले पहल गर्ने बताएका छन् । उनले कुनैपनि देशमा कर्मचारीको मनोवल घटाउनुभन्दा कर्मचारीको मागअनुसार उच्च मनोवलका साथ काम गर्नुपर्ने बताए ।
डा कोईरालाले कर्मचारीको मागका सम्बन्धमा आफुले प्रधानमन्त्रीसँग कुरा गर्ने बताउँदै स्थानीय तहको निर्बाचन हुन्छ हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले निर्बाचन कसैले रोकेर नरोकिने भन्दै सत्ता गठबन्धनले स्थानीय तहको निर्बाचन गराउनुपर्ने बाध्यता भएको बताए । उनले नेपाली काँग्रेसको निर्माण काँग्रेसका संस्थापक नेता बिपी कोईरालाले कम्युनिष्टहरुसँग मिलेर जानु त के मिलेर आन्दोलन पनि गर्न नहुने भनेको सम्झनुपर्ने बताए ।
उनले पहिलो जनआन्दोलनमा एमाले काँग्रेससँग नभएको बताउँदै पहिलो जनआन्दोलनमा नेपाली काँग्रेसले निर्बाचन गराएपनि एमालेले जितेको, दोस्रो जनआन्दोलनमा गिरिजाबाबुले काँग्रेस हार्ने हुँदा पनि माओबादीलाई ल्याउन निर्बाचन गराएको बताए । उनले शुसील कोईराला सरकारसँग जोड्दै अहिले जनता समाजबादी पार्टी, एकीकृत समाजबादी, जनमोर्चा, माओबादी केन्द्र र एकीकृत समाजबादीसँग के कारणले तालमेल गर्न लागिएको हो ? प्रश्न चिन्ह खडा गरेको छ ।
महानगरलाई केन्द्रीय समितिले, उपमहानगर र नगरलाई प्रदेश र गाउँपालीका जिल्लाले टिकट बाँढ्ने बैधानिक ब्यवस्था र पार्टीले आवश्यक्ता र औचित्यताका आधारमा तालमेल गर्ने निर्णयबिरुद्ध टिकट दिने निर्णय भएअनुसार टिकट बितरण नभई केन्द्रबाट जबरजस्त भएमा अन्य काँग्रेसलाईमात्र भन्दा पनि अन्य पार्टी र लोकतन्त्रलाई नै असर गर्ने बताए ।
उनले गभर्नरको कारबाहीमा एशियाली बिकास बैंकलगायतले हेरिरहेको समयमा गभर्नरले कुरा नसुनेको भन्दै उनलाई कारबाही गर्नु गैरजिम्मेवारीपन भएको बताए । उनले ४० करोड रुपैयाँको अबैध रकम आएको र छानबिन गर्ने बिषयमा गभर्नर र राष्ट्रबैंकले रोक्ने प्रयास गर्दा गभर्नर आफैंलाई कारबाही गर्नु गलत भएको बताए। गभर्नरले अबैंध र अनावस्यक कुरालाई रोक्न खोज्दा उनलाई निलम्बन गर्नु सरासर गलत भएको बताउँदै कर्मचारीहरुलाई भने, ‘तपाईहरु डराउनुहुन्छ, २० जना राजदुरुत नियुक्ती गर्दा समाबेशी भयो त ? तपाईँहरुले यस्ताकुरामा प्रश्न गर्नुपर्छ’ । देशमा पारदर्शीदा, जवाफदेहीदा र उत्तरदायीत्व तिनवटै कुरामा सरकारले ध्यान दिएमात्र शुसासन हुने बताए ।
उनले ओम्नीसँग जोडिएका ब्यक्तीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरिएको भन्दै कम्युनिष्टजस्तो जे मन लाग्यो त्यही गर्ने पार्टी काँग्रेस नभएको बताए । उनले कर्मचारी यूनियनको क्यालेण्डर बिमोचन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै काँग्रेसले जे भन्छ त्यही गर्छ भन्दै नयाँ बर्ष २०७९ सालको उपलक्षमा सबैलाई शुभकामना दिएका छन् ।
नव वर्ष २०७९को अवसरमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘शुभकामना आदान प्रदान कार्यक्रम’लाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले उक्त कुरा बताएका हुन् ।
पुर्व सांसद डा शोभाकर पराजुली, युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोख्रेल लगायतलगायतले मन्तब्य राखेका थिए ।
