१ वैशाख, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आफूले स्थानीय स्तरमा राजनीतिक दलहरुबीच कुरा मिलेमात्र गठबन्धन स्वीकार्य हुने बताएका छन् ।
आज सम्पन्न नयाँ बर्ष २०७९ सालको उपलक्षमा भएको काठमाडौंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आपु कहिल्यै
गठबन्धनको पक्षमा नभएको तर पार्टीको निर्णय मान्न बाध्य भएको बताएका छन् ।
उनले भनेका छन् ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’
उनले महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । नेता थापाले स्थानीय तहको निर्बाचनमा काँग्रेस उम्मेद्वारलाई बिजय गराउन सबै लाग्नुपर्ने भन्दै टिकट दिँदा राम्रा, पुराना उम्मेद्वार छान्नुपर्ने बिचार बयक्त गरेका छन् ।





