लुम्बिनी

लुम्बिनी प्रदेश प्रमुखद्वारा नयाँ वर्षको शुभकामना


१ वेशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७९ प्रारम्भसँगै राजनतिकि दलबीच समन्वय र समझदारी कायम हुने बताएका छन ।

प्रदेश प्रमुख शेरचनले राजनीतिक दलबीच राजनितिक स्थिरता र स्थायित्व कायम होस भन्ने जनताको चाहनासहितको समृद्धिको यात्रामा अगाडि बढाउन नयाँ वर्षमा समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन । नयाँ वर्ष २०७९ को अवसरमा प्रदेश प्रमुख शेरचनले आज जारी गरेका शुभकामना सन्देशमा मुलुकको अग्रगामी निकासका लागि सबै राजनैतिक दलकाबीच दृढ सङ्कल्प आवश्यक रहेको उल्लेख गरेका छन ।

आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढङ्ग र अग्रगामी प्रगतिशिल सोचबाट जनतालाई अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने समेत उनले विश्वास व्यक्त गरेका छन। विधि नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कारको विकासमा अभिप्रेरित हुँदै विधिलाई लोकतान्त्रिक पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे ।