७ वैशाख, चक्रघट्टी । कपिल आचार्य वराहक्षेत्र – ७ मा चिरपरिचित नाम हो । आचार्य वडाका किशोर, कोशोरीदेखि युवा, महिला र पाका उमेर समुहका मानिससवैले रुचाएको पात्र हुन् ।
सफल युवाको छवि बनाएका कपिल सामाजिक कार्यमा सक्रिय छन् । कपिल हाल पनि सप्तकोशि युबा क्लवका अध्यक्ष, हरियाली बचत तथा ऋण सहकारी संस्था चक्रघट्टिका अध्यक्ष छन् भन्ने बसन्तऋतु माध्यमिक बिद्यालयका व्यवस्थापन समिति र लाइन्स अफ कोशि रिभरको पुर्ब अध्यक्ष हुन् ।
राजनिती भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुँदै आएका कपिल पछि कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेसको राजनीतिमा सतहमै देखिए । नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्यमा लोकप्रिय मत सहित बिजयी बने पछि कपिललाई कांग्रेस भित्र सम्भावना बोकेको नेताको रुपमा हेरिएको छ ।
कांग्रेसको राजनितिको सतहमा देखा परेका कपिललाई
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा नं ७ मा सर्वसम्मत रुपमा उमेदवारको नाम टुङ्गो लगाए पछि अझ उनको चर्चा चुलिएको छ । वडावासीले पनि कपिलको उमेदवारीलाई सकरात्मक रुपमा हेरेका छन् । केहिलाई त उनको उमेदवारीले आशा र भरोसा समेत जगाएको छ ।
२०७४ सालको निर्वाचनमा पराजित भएको कांग्रेसले यस पटक जित्ने दाबि गर्दे वडाध्यक्ष कपिल सहित ४ जना सदस्यको नाम सर्वसम्मत रुपमा टुङ्गो लगािएको हो । नेपाली कांग्रेस वडा नं ७ कार्यसमिति वडाध्यक्षमा कपिल आचार्य, दलित सदस्यमा रमा कार्की डोली, महिला सदस्यमा आशाकुमारी मण्डल, खुल्ला वडा सदस्यमा दिपक मगर र दिलिप राईको नाम सर्वसम्मत उमेदवारकोलागि सिफारिस गरेको वडा सभापति केशब निरौलाले बताए ।
वडामा लोकप्रिय रहेका आचार्य प्रष्ट वक्ता, जुझारु, समाजसेवीको रुपमा परिचित छन् । वडावासीमा परेको गार्हो, सारो, अफ्ट्यारोमा सहयोग गर्न पुगि हाल्ने कपिलको स्बभावले पनि उनलाई चुनावी अभियानमा सकरात्मक प्रभाब परेको छ । वडाबासीको आदारभुत आवश्क्ता पूरा गर्ने प्रतिबद्धा सहित मत माग्ने अभियानमा रहेका कपिललाई वडाबासीले मन र मत दिनेमा नेपाली कांग्रेस विश्बस्त गरेको छ ।
७ हजार ७ सय ८८ मतदाता रहेको वडामा कांग्रेसले बिजयी गर्ने लक्ष्य सहित उमेदवार सर्वसम्मत टुङ्गाए पछि उत्साह पुर्वक चुनाबी अभियानमा लागि परेको छ।