९ वैशाख, काठमाण्डौ । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा. अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मेयरका उम्मेदवार अमित के.सी.दृष्टि रोग विशेषज्ञ हुन। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन्। डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध छन्।
तिलोत्तमा नगरपालिका वडा नं. १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्। साथै उनले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन्।
