प्रदेश 2

पिसजोन एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

११ बैशाख, पर्सा । वीरगञ्जको भिस्वामा रहेको पिसजोन एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका संचालक राकेश यादवको समन्वयमा भएको सो रक्तदान कार्यक्रममा २ जना महिला सहित २५ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा बिना यादव, सोनी गुप्ता, बिबेक महतो, आलम मिया, राजन कुमार गुप्ता, बिजय पौडेल रहेको रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा समाजिक अभियानता प्रकाश प्रसाद थारु, रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, पत्रकार राजेन्द्र सिंह राजपुत, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, संचारकर्मी श्याम सरार्फ लगायतकाको सहभागीता रहेको थियो ।
विद्यालयले केहि अगाडी मात्र दन्त शिबिर तथा नेत्र शिबिरको पनि आयोजना गरिसकेको संचालक राकेश यादवले जानकारी दिए ।