राजनीति

अध्यक्ष थापाको आह्वानः धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गर्न संकोच नगरौँ

१४ बैसाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गर्न संकोच नगरौँ भन्दै आह्वान गरेका छन् ।
अध्यक्ष थापाले फेसबुकमा स्टाटस् लेख्दै धर्म संस्कृतिमा रहेका अन्धविश्वास, कुरिती, विभेद र रुढीवाद हटाऔँ। सनातन धर्म विश्वको सबैभन्दा पुरानो र समृद्ध मान्यता हो।योग, आयुर्वेद, ज्योतिष विज्ञान, खगोलशास्त्र सनातन मान्यताका उपज भएको भन्दै उक्त आह्वान गरेका हुन् ।
हामीले पनि विकासगर्न धर्मपरिवर्तन वा संस्कृति नष्टगर्नु पर्दैन।सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौं भन्ने थपेका छन् ।
उनले भनेका छन्, ‘प्रत्येक विकासशील देशले आफ्नो धर्म संस्कृति र परम्पराको रक्षा गरेर आर्थिक समृद्धि हासिल गरेका छन्। युरोप, अमेरिका, जापान, चिन, भारत एशिया, अफ्रिकाका बिकसित देश त्यसको उदहारण हुन्।
हामीले पनि विकासगर्न धर्मपरिवर्तन वा संस्कृति नष्टगर्नु पर्दैन।सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौं।
धर्म संस्कृति र परम्परा नष्ट भयो भने भ्रष्टाचार, व्यभिचार, अनैतिकता बढेर जान्छ।
धर्म संस्कृतिमा रहेका अन्धविश्वास, कुरिती, विभेद र रुढीवाद हटाऔँ।सनातन धर्म विश्वको सबैभन्दा पुरानो र समृद्ध मान्यता हो।योग, आयुर्वेद, ज्योतिष विज्ञान, खगोलशास्त्र सनातन मान्यताका उपज हुन्। यसप्रति गर्व गरौँ।
हाल नेपालमा भैरहेको संगठित धर्मपरिवर्तनको महारोग प्रति बुद्धिजीवी वर्गको उदासिनता आश्चर्यजनक छ। हामी किन विर्सिरहेका छौँ कि सनातन धर्म संस्कृति नेपाली पहिचान र एकताको आधार हो।
नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गर्न संकोच नगरौँ।’