१७ बैशाख, काठमाडौँ । यही बैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।
कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएकनो हो । यो अफर बैशाख १८ देखि बैशाख २४ सम्म उपलब्ध हुनेछ ।
अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुंदै आएको राष्ट्रिय सूचा तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।
यस अफरबाट ग्राहकहरुले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।