बाग्मती

मैले राजनीति रोजिन तर मलाई राजनीतिले रोज्यो : नवराज पाण्डे


२० वैशाख, नुवाकोट। नुवाकोटका युवा व्यवसायी नवराज पाण्डे व्यवसायसँगै समाजसेवामा जोडिरहने नाम हो । बेलकोटगढी नगरपालिका वडा नं. १३ मा जन्मिएका पाण्डे ठमेलको पर्यटन व्यवसायबाट व्यवसाय सुरु गरेका पाण्डे हाल अक्सिजन उत्पादकदेखि गोगबु सुर्पमार्केटका सञ्चालक सदस्यसमेत छन् ।

२०७२ सालको भूकम्पमा होस् या कोरोना महामारीमा पाण्डेले नुवाकोटका कयौँ स्थानीय तहमा होस् या काठमडौंको गोगम्बु आसपासका क्षेत्रमा लगाएको गुनको चर्चा अहिले पनि उत्तिकै हुने गर्दछ । भूकम्पको चपेटामा परेका स्थानीयहरूलाई पाण्डेको सक्रियतामा अत्यावश्यक वस्तु र खाद्यान्नको वितरण गरिएको थियो ।कोरोनाको कहरमा घरमै थुनिएका जनतालाई पनि पाण्डेले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू घर घर पुगेर वितरण गरे ।

त्यसोत महामारीको बेला अक्सिजन अभावले थिलथिलो भइरहेको समयमा पाण्डेले नुवाकोटका अस्पतालहरूलाई निःशुल्क अक्सिजन पठाउनु मात्र भएन अक्सिजनको अभाव नुवाकोटमा हुनै दिएन । कोरोना महामारीमा स्वास्थ्य उपचार गर्न नपाएका बेलकोटगढी र आसपासका जनतालाई पाण्डेकै सक्रियतामा गाउँ गाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन भए । पाण्डेको सक्रियतामा बेलकोटगढीमा शक्ति फाउन्डेन मार्फत २६ जना विद्यार्थीलाई पाँच वर्षसम्म निःशुल्क पढाइएको थियो ।

त्यसोत गोगम्बु क्षेत्रका चौतारी निर्माणमा होस् या बेलकोटगण्ीका मन्दिर, बाटा घाटा र पुल मर्मतमा पाण्डेको निरन्तर लगानी छ । समाजसेवामा रातदिन नभनी खटिरहने यीनै पाण्डे यत्तिखेर वडा अध्यक्षको उम्मेदवार बनेर चुनावी दैरानमा छन् । सफल युवा व्यवसायी एकाएक वडा अध्यक्षको उम्मेदवार बनेर आएसँगै बेलकोटगढीमा उत्साह र आश्चय दुवै छाइरहेको देखिन्छ ।

सफल व्यवसायी वडा अध्यक्षको उम्मेदवारमा किन आए? समाजसेवामा निरन्तर सकृया मान्छे राजनीति जस्तो क्षेत्रमा किन देखा परे? यिनै विषय हामीले पाण्डेसँग राखेका थियौ । जवाफमा पाण्डेले आफूलाई राजनीति प्रति त्यति धेरै चासो नभए पनि बेलकोटगढीका बासिन्दाले खोजेकाले आफू राजनीतिमा आएको बताए। समाजसेवाले मात्र गाउँ नबन्ने भन्दै वडावासीहरूले राजनीतिक स्टिमका लागि आफुलाइृ गाउँमा आउन आग्रह गरेकाले आफूले दाजुभाइृहरुको कुरा काट्न नसकेको उनले बताए।

आफूलाई राजनीतिबाट केहीलिनु पर्ने आवश्यकता नभएको भन्दै पाण्डेले आफ्नो पाँच वर्ष गाउँ टोल निर्माणमै खर्चिने बताए । स्थानीयहरूको सबैभन्दा ठुलो समस्या बाटोघाटो, खानेपानी, स्वास्थ्य र कृषि भएको बताउँदै उनले विकास बजेटहरू यीनै क्षेत्रमा प्राथमिकताका साथ खर्च गरिने बताए । वडा भवन निर्माण,एक घर एक खानेपानी धाराको व्यवस्था,वडा स्वास्थ्य चौकीको स्थापना,वडाको हरेक कार्यमा सुशासनको पारदर्शिता,आवश्यक पूर्वाधार विकास कार्यलाई निरन्तरता आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । मूर्त अमूर्त पुरातात्त्विक सम्पदाको संरक्षण, वैज्ञानिक तरिकाको वडा तथ्याङ्कको सङ्कलन,संरक्षण र घर नम्बर वितरण,जनता नेताको सेवामा होइन जनताको सेवामा नेता कार्यक्रम आफ्ना चुनावी एजेन्डा रहेको उनले थपे ।

युवा रोजगार तथा अभिमुखिकरण कार्यक्रम,वडा भित्रका शाखा बाटोहरूको स्तरोउन्नती आकाशे पानी सङ्कलन कार्यक्रम,एक घर एक रोजगारको लागि पहल महिला हिंसा विरुद्ध कार्यक्रमलाई आफूलाई प्राथमिकतका साथ पालना गर्ने उनले बताए । कृषकको पहिचान गरी अनुदानको व्यवस्था गर्ने ,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने,ज्येष्ठ नागरिकलाई ३र३ महिनामा निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण गराउने , साबिकको ५ नम्बर पोखरीमा पर्यटकीय तथा पिकनिक स्थल निर्माण गर्ने, साबिकको ५ नम्बर पाखुरेमा हप्ताको एक दिन वडा कार्यालय सञ्चालन गर्ने लगायत धेरै विकासका फेहरिस्त उनले छोटो बसाइँमै सुनाए ।

जितको सुनिश्चितता कत्तिको देख्नु हुन्छ भन्ने प्रश्नमा पाण्डेले आफूले राजनीतिलाई कहिले नहेरेको बरु राजनीतिले आफूलाई खोजेको जवाफ दिए । मलाई गाउँकै भाइ साथीहरूले खोज्नु भएको हो, जिताउने या नजिताउने उनीहरू कै विषय हो, अब उनीहरूले तेरो आवश्यक छ भनेर बोलाएपछि म उभिएको हुँ, म गाउँका सबै विकासप्रैमी, समाजसेवीहरूको साँझ उम्मेदवार हुँ जित सुनिश्चित छ पाण्डेले बताए ।