२३ वैशाख, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएका छन । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएका हुन । उनी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन ।
श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन ।