खेलकुद

सेना अग्रस्थामा

विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ अग्रस्थानमा नै रहन सफल भएको छ । सेनाले आफुले खेलेका पाँचै खेलमा जित निकाल्दै १५ अंकका साथ अग्रस्थानलाई कायम राख्न सफल भएको छ । सेनालाई हेल्प नेपालले पछ्याईरहेको छ । हेल्प नेपालको पाँच खेलबाट १४ अंक रहेको छ ।
लिगको अन्तिम प्रतियोगिता शनिबार २ बजे पुरुष तर्फ सेना र हेल्प नेपाल बिच उपाधीका लागि हुने छ । सेनलाई पछ्याई रहेको हेल्प नेपालले जित निकालेको खण्डमा १७ अंकका साथ उपाधी जित्ने छ भने ३–२ को जित निकालेको खण्डमा दुवै टोलीको समान १६ अंक हुने भएकोले हेड टु हेड अथवा प्राप्त स्कोरको आधारमा उपाधीको टुङ्गो लाग्ने छ ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको लिगको शुक्रबार सम्पन्न खेलमा सेनाले अर्को विभागिय टोली पुलिसलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ ले पराजित ग¥यो । यस्तै हेल्प नेपालले गलकोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–२३, २५–२१ ले पराजित ग¥यो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिगको महिला तर्फ एपिएफले बाजी मा¥यो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१०, २५–९ ले पराजि ग¥यो । एपिएफको चार खेलबाट ९ अंक भएको छ । पुलिस ३ खेलबाट ९ अंकका साथ पहिलो स्थानमा रहेको छ । सेनाको ३ खेलबाट ६ अंक भएको छ । महिला तर्फ उपाधीका लागि ३ विभागिय टोली विच प्रतिस्पर्धा रहेको छ । शनिबार हुने अन्तिम लिगबाट उपाधीको छिनो फानो हुने छ । शनिबार पुलिसले सेनालाई पराजित गरेमा चार खेलबाट १२ अंकका साथ उपाधी उचाल्ने छ भने एपिएफले दोश्रो स्थान प्राप्त गर्ने छ र सेना तेश्रो स्थानमा रहने छ । यदि सेनाले पुलिसलाई सोझो सेटमा पराजित गरेमा तीनै विभागिय टोलीको समान ९ अंक हुने भएका कारण उपाधीको टुङ्गो प्राप्त स्कोर अंकका आधारमा हुने छ । सेनाले ३–२ को जित निकालेको खण्डमा पुलिसको १० एफिएफको ९ र सेनाको ८ अंक हुने छ ।