२७ वैशाख, काठमाण्डौ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ३६ लाख ७५ हजार रुपैंया जरिवाना भएका एक जना लाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धान ब्यूरो(सीआइबी)ले उच्च अदालत पाटनले ७ (सात) दिन कैद र रु.३६ लाख ७५ हजार जरिवाना ठहर गरेको जिल्ला काठमाडौ,का.म.पा.वडा ८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको वि.स २०७९ वैशाख ०४ को फैसला पछि फरार रहेका डंगोललाई पिंगलास्थान,काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ डंगोलले आफ्नो कैलाश विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्यानमा पारेर पिडितलाई भुक्तान हुन नसक्ने चेक दिएर बैंक कसुर गरेका थिए । पक्राउ उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत पेश गरिएको छ ।