बाग्मती

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२८ वैशाख, काठमाण्डौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।