३१ बैसाख, काठमाडौं । भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्यले काठमाडौं महानगरको निर्वाचनमा मेयर पदका
तीन प्रमुख प्रतिस्पर्धीलाई मतदाताले दिएको मतको स्थिति कांग्रेस र एमालेलाई गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका आचार्यले दुबै ठूला पार्टीहरू जनताबाट टाढिदैगएको सन्देश हो भन्ने ठनेकुवासमेत गरेका छन् ।
आज भएको काठमाडौं महानगरपालीकाको मतगणनामा काँग्रेस उम्मेद्वार श्रजना सिंह र नेकपा एउमाले उम्मेद्वार बालेन्द्र शाहलाई पछ पार्दै स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले अग्रस्थान हाशिल गर्दै गएपछि बरिष्ठ अधिवक्तासमेत रहेका आचार्यले काँग्रेस र एमालेलाई सचेत गराउँदै टिप्पणी गरेका हुन् ।
पूर्व राजदुत आचार्यको ट्वीटः काठमाडौं महानगरको निर्वाचनमा मेयर पदका तीन प्रमुख प्रतिस्पर्धीलाई मतदाताले दिएको मतको स्थिति
कांग्रेस र एमालेलाई गम्भीर चेतावनी हो।
दुबै ठूला पार्टीहरू जनताबाट टाढिदैगएको सन्देश हो।
प्रजातान्त्रिक राजनीतिमा जनता हिजोको योगदानभन्दा आजको आचरणलाई हेर्दछन्।
