३१ वैशाख, धादिङ । धादिङमा गजुरी बाहेक सबै पालिकामा मतगणना सुरु भएको छ । नेकपा (एमाले) र गठबन्धनबीच प्रतिस्पर्दा रहेको स्थिानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान गरेका थिए । धादिङको धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसोदेखि मतगणना सुरु भएको छ । सबै पालिकामा मतगणना वडा नम्बर १ बाट सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए ।
गल्छीमा राति २ बजेदेखि मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाटरोराङ, ज्वालामूखीमा मतगणना सुरु भएको छ । सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । मतगणना स्तलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणनास्थलमा तारजालीले बारेर सुरक्षित गरिएको मूख्य निर्वचन अधिकृत रमेश ज्ञावालीले जानकारी दिए।
मतगणना स्तलमा उम्मेदवार प्रतिनिधिको सहभागिता रहेको छ । मतगणनास्थलमा जाने गणक, तथा प्रतिनिधलाई मोबाइल तथा क्यामरा लानसमेत निषेध गरिएको छ । मतगणनाको प्रारम्भीक नतिजन आउन थालेको छ । यता गल्छीको परिणाम आउन थालेको छ ।
गल्छी गाउँपालिका–१ मा शनिबार बिहानदेखि सुरु भएको छ । राससलाई प्राप्त पछिल्लो विवरणअनुसार गल्छी गाउँपालिका–१ मा एक हजार ५०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा सूर्य चिह्नका केदार खतिवडाले ८७६ मत पाएका छन् भने नेकपा (समाजवादी)का कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा रुख चिह्नका नेपाली कांग्रेसका भाइकाजी तिवारीले ७२७ मत पाएका छन् भने नेकपा (एमाले)का राधा तिमल्सीनाले ६६६ मत पाएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा सूर्य चिह्नका यदुकुमार खतिवडाले ७४२ मत पाएका छन् भने कलम चिह्नका माधव खतिवडाले ६६३ मत पाउनु भएको गल्छीस्थित निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस र नेकपा (समाजबादी) गठबन्धन बनाएर चुनाव उठेको छ ।