गण्डकी प्रदेश

बौँदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी


१ जेठ, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौँदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेकै समूह विजयी भएको हो । अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गरे ।

उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत प्राप्त गरे । वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गरे ।
वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले एक हजार १३५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे । वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गरे ।

वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गरे । वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गरे ।
त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे।