बाग्मती

सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी

१ जेठ, भक्तपुर । सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन । उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गरे । एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागाई र कल्पना परियार विजयी भएका छन । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी भएका छन ।

उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गरेका छन । उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेका छन भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन ।