बाग्मती

भरतपुर महानगर–१ मा गठबन्धन विजयी

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन । महर्जनले एक हजार ३९० मत प्राप्त गरेकामा उाका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उनले उक्त वडामा १२१ मतले अग्रता लिएका छन । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएका छन । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।