सुदूरपश्चिम

थलारा गाउँपालिकामा एमाले विजयी


१ जेठ, बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन् । उनको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहेको छ । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरेका छन् । 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याएका छन् ।