१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगनणा रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिहरुले अवरोध गरेपछि मतगनणा रोकिएको हो । मतपत्र बदर र सदर भन्ने विषयमा विवाद भई रोकिएको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भने, एकैछिनमा बदर भने । यहि कारण यो षड्यन्त्र हो, एमालेका प्रतिनिधिहरुले आरोप लगाए ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अरु प्रतिद्वन्द्वी भन्दा ८० मतले अगाडी छिन् ।
४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।