१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगनणा पुन: सुरु भएको छ । मत बदर र सदर गर्ने विषयमा एमालेका प्रतिनिधिहरुले अवरोध गरेपछि २५ मिनेट मतगनणा रोकिएको थियो ।
‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार अहिले निर्वाधरुपमा मतगणना भइरहेको छ।