गण्डकी प्रदेश

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

२ जेठ, पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन । गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन । मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित भएका छन । उनले  नेकपा  एमालेका सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरेका छन  । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरे ।

त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित भएका छन । उनले कांग्रेसका गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन । ओझाले पाँचहजार सातसय ४९ मत प्राप्त गरेका थिए भने कांग्रेसका गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले पाँचहजार तीनसय ३२ मत प्राप्त गरी निर्वाचित भएका छन । उनले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गरेका छन । श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गरेका थिए । कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी छ ।