कर्णाली प्रदेश

तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदमा निर्वाचित

२ जेठ, मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ । दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् ।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका छन । उनले २७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २३६६ मत पाए। उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशबहादुर शाही विजयी भएका छन । उनले २५१५ ल्याएर विजय भएका छन । 

त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी भएका छन । उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याएर पराजित गरेका छन । उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याएका थिए । यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो ।