२ जेठ, बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी भएका छन । गएको स्थानीयतह निर्वाचनमा कांग्रेस निर्वाचित भएको थियो ।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीशसिंह नायकलाई पछि पार्दै चन्द प्रमुखमा विजयी भएका छन। प्रमुखमा विजयी भएका चन्दले तीन हजार ९६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जगदीशसिंह नायकले दुई हजार ३७६ मत प्राप्त गरेका छन ।
उपप्रमुखमा भने कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएका छन । उनले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपप्रमुखमा जीत निकालेका छन । उपप्रमुखमा विजयी कांग्रेसकी बिष्टले दुई हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले दुई हजार ४०८ मत प्राप्त गरे । मेलौली नगरपालिकाका ९ वडामध्ये ४ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्र र २ मा एमालेले जीत निकालेको छ ।
यस्तै सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी विजयी भएका छन । उनी एमालेका जसवीर बोहरालाई पराजित गर्दै विजयी भएका छन । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी भएका छन । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित भएका छन ।
हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका धामीले तीन हजार ४३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जस्वीर बोहराले एक हजार ७९८ मत प्राप्त गरेका छन ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी भएका छन । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित भएका छन । एमालेकी धामीले दुई हजार ९३९ मत प्राप्त गरेका छन भने ऐरले दुई हजार ६९६ मत प्राप्त गरेका छन ।
हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । गएको स्थानीय तहको निर्वाचनमा सिगासमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको थियो भने यो चुनावमा अध्यक्ष पदमा मात्रै जीत हासिल गरेको थियो । यसअघि सार्वजनिक मतपरिणाममा शिवनाथ गाउँपालिकामा कांग्रेस र पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । दस स्थानीय तह रहेको बैतडीका अन्य पालिकामा मतगणना जारी रहेको छ ।