२ जेठ, भरतपुर । पछिल्लो मतगणनाअनुसार भरतपुर महानगरमा माओबादी अध्यक्ष पुष्पकमल दहालकी पुत्री रेनु दहालले नेकपा एमालेका बिजय सुबेदीसँग ३ मतले अग्रता लिएकी छन् ।
१५ हजार ९३३ मतगणना गर्दा रेनुले सुबेदीलाई ३ मतले पछाडि पारेकी हुन् ।
रेनु दहालको ५३ सय १३ मत छ भने बिजय सुबेदीको ५३ सय १० मत छ । नेपाली काँग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको मत २४ सय ४० छ । जगन्नाथले बिजयउन्मुख नभएका भएपनि मत भने लोकप्रीय ल्याउँदै आएका छन् ।
उपप्रमुखमा कांग्रेसमा चित्रसेन अधिकारी६४०२ मत र राप्रपाका हिमला गुरुङ ४२९८ मत लयाएका छन् । देशभर भरतपुर महानगरको मतगणना अन्य स्थानमा भन्दा चासोले हेर्ने गरिएको छ ।