समाचार

देशभरका महानगरपालिकाको मत-परिणाम: गठबन्धनले गर्यो क्लीनस्वीप, एमाले निल

१० जेठ, काठमाण्डौ । देशभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा महत्वपूर्ण मानिने ६ वटा महानगरपालीका, ११ वटा उपमहानगरपालीका, नगरपालीकाहरु, गाउँपालीकाको मत परिणाम लगभग अन्तिम हुन लागेको छ । अहिलेसम्म स्थानको हिसावले सबैभन्दा धेरै स्थानीय तह ३२४ पालीका काँग्रेसले जितेको छ भने दोस्रोमा एमाले २०३ पालीका र तेस्रो माओबादी केन्द्रले १२१ जित हाँशिल गरेको छ । मेयर र उपमेयर दुबैमा संख्याका हिसावले काँग्रेसले अग्रताका हाँसिल गरेको छ। काठमाडौं महानगरबाहेक सबै महानगरको परिणाम आईसकेको छ, यस अवस्थामा नेकपा एमालेले मेयरमा निलको अवस्था भोग्नु परेको छ, एक महानगरमा स्वतन्त्रले विजय हाँशिस गर्ने निश्चित भएपनि बाँकीमा गठबन्धनकै उम्मेद्वारले बिजय हाँसिल गरेका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाण्डौ, ललितपुर, भरतपुर, वीरगञ्ज, विराटनगर, पोखरा महानरपालिको मेयर उपमेयर लगायतको अहिले सम्मको मत परिणामः


काठमाण्डौ महानगरपालिका

नाम पद मत संख्या पार्टी

बालेन्द्र शाह मेयर ५२५७४ स्वतन्त्र (विजय नजिक)

केशव स्थापीत मेयर ३२६१२ नेकपा एमाले

श्रृजना सिंह मेयर ३३०६९ नेपाली काँग्रेस

सुनिता डंगोल उपमेयर ५२,८०९ नेकपा एमाले (विजय नजिक)

रामेश्वर श्रेष्ठ उपमेयर १७,८८४ एकीकृत समाजबादी

ललितपुर महानगरपालिका
नाम पद मत संख्या पार्टी
चिरीबाबु मर्हजन मेयर ४२७२२ नेपाली कांग्रेस (विजयी)

हरिकृष्ण ब्यञ्जनकार मेयर २४५६० नेकपा एमाले

मन्जली शाक्य बज्राचार्य उपमेयर २५०८४ नेकपा एमाले (विजयी)

बाबुराजा बज्राचार्य उपमेयर १८७५२ नेकपा माओबादी केन्द्र


भरतपुर महानगरपालिका
नाम पद मत संख्या पार्टी
रेनु दाहाल मेयर ५२०२८ नेकपा माओवादी केन्द्र (बिजयी)

बिजय सुबेदी मेयर ३९५८२ नेकपा एमाले

जगन्नाथ पौडेल मेयर १४७२८ स्वतन्त्र

चित्रसेन अधिकारी उपमेयर ५२८०३ नेपाली कांग्रेस (बिजयी)

हिमला गुरुङ उपमेयर ३०६११ राप्रपा


वीरगञ्ज मशानगरपालिका
नाम पद मत संख्या पार्टी
राजेशमान सिंह मेयर ४६२१५ जनता समाजवादी (बिजयी)

विजयकुमार सरावगी मेयर २३६७१ नेकपा एमाले

इम्तियाज आलम उपमेयर २५,०५९ नेपाली कांग्रेस (बिजयी)

पुरुषोत्तम लाल झा उपमेयर ६,६५० लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल


विराटनगर महानगरपालिका
नाम पद मत संख्या पार्टी
नागेश कोइराला मेयर ३०,१७० नेपाली कांग्रेस (विजयी)

सागर थापा मेयर २१,४५५ नेकपा एमाले

उमेश कुमार यादव मेयर ८,७९५ स्वतन्त्र

शिल्पा कार्की उपमेयर २५,६८० नेकपा एमाले (विजयी)

अमरेन्द्र यादव उपमेयर १४,२९१जनता समाजवादी पार्टी


पोखरा महानगरपालिका
नाम पद मत संख्या पार्टी
धनराज आचार्य मेयर ५७,०७२ एकीकृत समाजबादी (बिजयी)

कृष्ण बहादुर थापा मेयर ५१,५८७ नेकपा एमाले

कोपिला रानाभाट उपमेयर ५५,०८० नेपाली कांग्रेस

मञ्जुदेवी गुरुङ्ग उपमेयर ५९,०७० नेकपा एमाले (बिजयी)