गण्डकी प्रदेश

बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

३ जेठ, तनहुँ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका छन । 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी भएका छन । उनको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो ।