गण्डकी प्रदेश

जैमिनी नगरप्रमुखमा जनमोर्चाका पुन र उपप्रमुखमा कांग्रेसका शर्मा विजयी


४ जेठ, गलकोट । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् । पुनले आठ हजार ७५५ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार नेकपा (एमाले)का लीला रानाले दुई हजार ८७३ मत प्राप्त गरेकी छिन् । पुनले रानालाई पाँच हजार ८८२ मतको फराकिलो अन्तरले पराजित गरेकी छिन् ।

नगरउपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले विजयी भएका छन् । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा एमलेका उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरेका छन् । नगरपालिकाको वडा नं १ को अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद आचार्य, २ मा ले एक हजार २०४, २ मा प्रेम सापकोटा विजयी भएका छन् ।

वडा नं ३ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर भुजेल, वडा नं ४ मा नेकपा (एकीकृत समाजवादी)का चक्रबहादुर थापा, ५ मा कांग्रेसका ठगबहादुर क्षेत्री, वडा नं ६ मा माओवादी केन्द्रका कृष्ण थापा, वडा नं ७ मा कांग्रेसका केन्द्र रसाइली, वडा नं ८ मा विमल श्रीष, वडा नं ९ मा एमालेका सन्दीप थापा र वडा नं १० मा राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद थापा विजयी भएका छन् ।