४ जेठ, बलेवा । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरे ।
अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाए । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मारे ।
उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी भए । वडा नंं. १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं. २ र १० नेकपा (एकीकृत समाजवादी)ले, वडा नंं. ४ माओवादी केन्द्रले र वडा नंं. १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । वडा नंं. ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।