गण्डकी प्रदेश

वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका छन । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका छन । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५९६ मत पाए ।

 यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेका छन । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए । 

चौध वडामध्ये एमाले वडा नं. ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं. १, २, ५, १०, ११ र १४ मा विजयी भए । वि.सं २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो ।