विचार/ब्लग

हामी त कमजोर हुन मिल्दैन, मिल्दै मिल्दैन

प्रा. डा. नृसिह कुमार खत्री, वरिष्ट अधिवक्ता
प्यारा भाइहरु वहिनीहरु
भाईहरुमा शङ्कर, राजिव, माधव, दान कुमार, राम तमाङ्ग, राजेश, तथा धेरै राजेन्द्रहरु र विनोद, प्रमेश, केदार, राम राना, गोपाल नेपाल, विष्णु काफले, लगायतका धेरै हज्जारौ हज्जार भाइहरु
वहिनीहरु छोरी तथा नातिनीहरु गिता,सीता, सनुजा,करुणा, उमा, इन्दीरा, रमा साधना, दन्ता, सावित्री, कौशिला आदि धेरै हज्जारौ हज्जार वहिनीहरु । आराम छु आराम चाहान्छु ।
तपाइहरुसगको विगतको वर्तमानको धेरै धेरै कथा व्यथाहरुको सत्य तथ्यहरु विविध समयमा विविध पात्र र प्रवृत्तिमा रहँदा पाएको भूमिकाले गर्दा म सगपनि जोडिएर रहेको पाइन्छ । त्यसमा तपाईहरुको हात, साथ विचार व्यबहार आदि जोडेर नेपालको वर्तमान समाजको जीवन उन्नतशील बनाउने अभियानमा हामीले सानो भएपनि मिहीनेत गर्न चाहान्छौ । त्यसकालागि आपनो आपनो क्षेत्रबाट जो जसले जे जहा जति सकिन्छ मिलेर काम गरौ है । रोज्नु खोज्नु पर्ने विशेष मुद्धाहरुमा रोजगारी, सुशिक्षा, मेलमिलाप, विकास,शान्ति , र सहकार्य, जीवनको सुख शान्तिको प्रत्याभूति, अहिलको यो सवधिानले व्यवस्था गरेको प्रणाली तहको व्यवस्थाको लागि सरचना निर्माण तथा विकासगर्नु हाम्रो पहिलो आवश्यकता हो ।
हिजो मात्र अमेरिकामा कोलोराडोमा वसेका एक विद्यार्थी भाइसग कुरा गर्दा २०४१ भाद्रमा चन्द्रगढी जेलमा राजवन्दी भएका गोपाल, राम भाई साथिको वारेमा कुरा गरेको थियौ । आजसम्म आइपुग्दामा सप्तकोशीमा धेरै पानी वगिसकेको छ । उहाँ भरखरै प्रदेश तहको राजनीतिमा आउनु भएको देखिन्छ । उहाँ असल हो भन्ने हामीले निष्कर्ष निकाल्यौ र उहाँको समकालीनमा अर्को केदार थापा भाई भरखरै मात्र इलाम नगरपालिकाको मेयर पदमा जनताले चुन्नु भएको देखिन्छ । उहाहरुको काम त हेर्न त वाँकिनै छ ।
२०४७ सालमा जन्मेका, हाम्रो छोरा छोरीको साथमा रहेको, पढेका मान्छे वालेन शाह भन्ने इन्जिनियर भाईले भरखरेै काठमाण्डौको मेयरको जिम्मेवारी पाउलान कि भन्ने खालको अनुमानसम्म गर्न सकिन्छ । सायद यो पनि होला । उहाँहरुले नेपालको वर्तमान अवस्था, त्यसको अनन्त प्रभाव, त्यसबाट पर्ने अरु अन्तर प्रभावहरु कहिले जानेर वुझेर काम गरी सफलता पाउनु रु काठमाण्डौको मेयरमा त आपनो पनि चाहना थियो भन्ने पूर्व प्रधान मन्त्री डा। बावुराम भट्टराई ले गठवन्धनको अन्तिम आमसभामा भन्नु भएको नै थियो नी । त्यसैमा डेट एक्शपायर्ड औषधीका वारेमा पनि हामीले थाहा पाइयो ।
महेन्द्र पी लामा जी दार्जेलिङ्गका शिक्षित, चतुर र असल समाज शास्त्री हुन वेला वेलामा उहाँले नेपाललाई मायागरी लेखहरु लेख्नु भएको, कहिले राजनीति र समाज, कहिले नेपाल तथा भारतको सम्वन्धको वारेमा गहन लेखहरु प्रकाशित हुने गर्दछ । त्यो मैले पनि पढने गरेको छु । साथिहरुले पनि पढने गरेको होला । उहाँ एकपल्ट त विगत ७ वर्ष अगाडि दार्जेलिङ्गवाट एम एल ए को चुनाव पनि लडेर पराजित भएको विद्वान हो । सो भन्दा पहिले उहाँ सिक्कीम विश्व विद्यालयको भि सि हुँदा इलामबाट हामीले गएर भेट गरेको थियौ र केही आन्तरिक विचारमा आदान प्रदान पनि गरेको थियोै । त्यस्तो व्यक्तिहरुका लेख पनि अध्ययन गर्नु पर्दछ । पढने सामाग्रीहरु मध्यमा सुधार गर्ने, सपार्नेलाई हाल धेरै अध्ययन गर्नु‘ अहिलेको आबश्यकता हो । विद्धान हुदैमा राजनीतिमा सफल हुन सकिदैन । तर राजनीतिमा सफलहुन विद्धानको पनि सहयोग नितान्त आवश्यक पर्दछ । कसो रु
हामी त ससारमा जाहा पनि जाउला, तर देश रहे, राष्ट्र रहे, हाम्रो समाज, सस्कृति धर्म आचार रहन्छ । जति विरोध वा समर्थन गरेपनि नीतिहरुको राजा राजनीति असल प्रभावशाली भएपछि मात्र त्यसको परिणामले राज्यमा अरु काम कुरामा सुधार हुने हो । हामी आशा तथा विश्वास पनि गरौ, हामी होशियार व्यवहारिक बनौ । हामीहरुको आपनो आपनो जीवन, वर्तमानमा वाध्यता भएपनि हामीलाई आहारा पनि चाहिन्छ र आशिरवाद पनि चाहिन्छ ।
विनम्र अनुरोध
हामीहरुकालागि तपाइहरुको सोच, विचार अवधारणा, भावना, प्रतिकिया निरन्तर आई रहोस जो जसलाई लिएर पछि पनि ज्ञानको श्रृजना गरौ भन्ने लागि रहेको छ । त्यसलाई हामी मान्यताका साथ स्वीकृत जनाउने छौ । काठमाण्डौ वा विराटनगर, इलाम वा भोजपुर यही सेरोफेरोमा रहेपनि मानिस जाहाँ जाहा रहेपनि जाहाँ गयो, त्यही त्यही आपनो जीवन, भावना सस्कार तथा सस्कृति लिएर जाने नै हँुदा समाजलाई अगाडि लैजाने खालको सोच, विचार भावना भएको ज्ञानको कुरा, तिनीहरुलाई निरन्तर लेखी, आपना आपनो प्रतिकिया व्यक्ति गरी सर सहयोग गरी दिन पनि म हार्दिक अनुरोध गरेको छु है । केही साथिहरुले आपनो आपनो यसप्रतिको प्रतिकिया कमी रहेको भएकोले अझ वडोस भन्ने पनि हाम्रो चाहना हो ।
विगतलाई वर्तमान सग जोडर समीक्षा गरी हामीहरु काम गरौला, रमाउला । हिजोमात्र मलाई एक रिक्सा चालक भाइले नेपालमाका रक्सि र माशु वन गरनु पर्दछ सर भनेका छन, किन भन्दा भारत से दारु पीन नेपाल मै आउदछन उहा त मोदी छ लाठी मार्छ अनि दारु पीनेकालागि चार पुस्ताको बाजे बावुको नाम दर्ज गराउनु पर्दछ भनेका छन । तर मैले टाउको मात्र हल्लाएको छु । पुराणको पण्डितले जस्तो ।
कर्कलाको पानी जाने जाने सुन्दर जीन्दगानी, नजाने सधै वेइमानी । विद्वान नम्र हुन्छ किनकि उ गुरु हो, तर मुर्ख चाहि कडा हुन्छ किनकि उ गोरु हो हे । गुरु तथा गोरु मिले समाज, जीवन र ससार चलेको हुन्छन भन्ने प्रतिकात्मक उदाहरण मेनिफेष्ठेटिम एक्जँयमपल्स भनेको नेपालको भगवान देवाधिदेब पशुपति नाथ र उहाँको अगाडिको विशाल साँढे हो । यही कुरा हामीलाई दर्शनले सिकाएको छ । यसमा पनि बिचार आवस है । अध्ययन पढनु लेख्नु जान्नु सिक्नु र सिकाउनु सकेमा आफै मिल्दै आउने छन।
त्यसमा हामीले २ वटा मोडल तरिका, आउटकम एप्रोचहरु ऋपनाउनु आवश्यक पर्ने देखिन्छ कि । तिनीहरु हुन (क) हाम्रा नानी वावुहरुलाई धेरै होसियारीका साथमा असल तरिकाले ज्ञानी बनुन, बन्न सकुन । (ख) होसियारीको साथमा असल तरिकाले धनी वनुन, वन्न सिकुन । यी दुवैलाई संस्थागत, सरचना खडा गरी प्रणालीको विकास गरी, जोडेर हामीले आपनो समाज, देश, धर्म दर्शन, सस्कृतिको सरक्षण समद्र्धन तथा सुरक्षागर्न पनि सकियोस ।
किनभने हाम्रो उत्तरमा चीन छ, अनि दक्षिणमा भारत रहेको छ । अरु कुरा हेरफेर होला गरौला तर छिमेकी फेर्न त्यसमापनि नेपालले सक्नेवाला छैन भनिन्छ । यो बिशाल दुई ढूगाको बीचको तरुल हो भन्ने हाम्रा राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहले दिव्य उपदेशमा भन्नु भएको पाइन्छ । जो यी दुवैको वीचमा तपाई हाम्रा पुर्खाले रगत पसिना जोडेर वनाएको हाम्रो देश नेपाल रहेको छ । माथिबाट चीन तलतिर आयो तलबाट भारत उँभो तिर किलला खाज्न बढेर चढयो भने हामीलाई थाम्न मुश्किल हुने देखिन्छ । त्यसैले त हामीले सवै मिलाएर जानु, भन्नु र गर्नु पर्दछ । त्यसकालागि हामीलाई पुर्खापनि चाहिन्छ मूर्खापनि चाहिन्छ भन्ने हामीहरुको आम सहमति छ ।
अरु कुरा हामी मिलाउला मिलाउदै जाउला तर अहिलेको लागि अति आवश्यकता अनिवार्य कुरा भनेको यी २ वटाकालागि हामी आसपसमा जोडिएर यो सन्चारको सन्ँजालका माध्यमबाट काम गरौ भन्ने मेरो साथिहरुको पनि अनुरोध र आग्रह छ । कमजोर हुदै जानु भनेको विभिन्न प्रकारले इन्द्रीयहरुको शक्ति चुहुदै, वग्दै, खेर जादै गरी विस्तारै शिथिलताबाट समाप्तु हुनु हो । हामीहरु, हाम्रो समाज, प्रदेश, राष्ट्र त कमजोर हुन मिल्दैन मिल्दै मिल्दैन।