गण्डकी प्रदेश

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

५ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएका छन । घर्तीले एक हजार ३४ मत प्राप्त गरेका छन । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेका छन । चौध वडामध्ये व्यासका वडा नं. १, २, ३ र ४ को मतगणना भइरहेको छ ।