बाग्मती

सातौं बार्षिक उत्शवः अध्यक्ष सिग्देल भन्छन्, ‘सुर्यखबरले लोकतन्त्र स्थापना/विकासका लागि महत्वपूर्ण योगदान छ’

५ जेठ, काठमाडौं । सुर्यखबर डट् कमले आज आफ्नो सातौं बार्षिक उत्शव मनाएको छ।
काठमाडौंस्थीत मध्य बानेश्वरमा रहेको सुर्यखबरको कार्यालयमा आयोजीत बार्षिक उत्सव कार्यक्रममा नेपाल प्रेश यूनियनका अध्यक्ष बद्री सिग्देलले ब्यावशायीक पत्रकारीता, लोकतन्त्र स्थापना, विकासका लागि सुर्यखबरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
्उनले लोकतन्त्रको संस्थागत विकासका लागि सुर्यखबरले पुर्याएको योगदान सकारात्मक रहेको भन्दै समाजका खराब प्रबृतिका बिरुद्ध यस अनलाईनले सधैं खबरदारी गरेको बताए । अध्यक्ष सिग्देलले आफुले मिडिया क्षेत्रका लागि जिउ ज्यान दिने भन्दै सुर्यखबरको उत्तरोउत्तर प्रगतीका लागी शुभकामना दिएका थिए ।
सुर्यखबरका सम्पादक हेमराज खड्काले सुर्यखबरले जिम्मेवार पत्रकारीता गरेको दाबी गर्दै जनता र देशप्रति जवाफदेही भएर मिडियाको मर्म र भावनाअनुसार अगाडी बढेको बताए ।
प्रेश यूनियनका महासचिव भीष्मराज ओझाले लोकतन्त्रलाई संस्थागत बनाउन मिडियाको खबरदारी महत्वपूर्ण हुने र उक्त कार्यमा सुर्यखबरले महत्वपूर्ण योगदान गरेको बताए ।


सुर्यखबर डट् कमका अध्यक्ष तथा प्रधान सम्पादक बाबुराम आचार्यले सम्पादकीय टिम, कर्मचारी, पत्रकारहरु, बिज्ञापनदाता, शुभचिन्तक, पाठकका कारण सुर्यखबरले आफ्नो जिम्मेवार पत्रकारीता गर्न सम्भव भएकाले सबैलाई आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रहसहित धन्यबाद दिएका थिए । सुर्यखबरले बिराटनगरमा आफ्नो प्रदेशीक कार्यालय खोलिसकेको र निकट भबिश्यमा पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यालय र सातै प्रदेशमा बिस्तार गर्दै लाने योजना रहेको बताए ।
अध्यक्ष बद्री सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्शब कार्यक्रम कृष्ण बस्नेतले संचालन गरेका थिए ।