सुदूरपश्चिम

बूढीनन्दा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र


७ जेठ, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । जनकले पाँच हजार ११५ मत ल्याएर विजयी् भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याए।

यस्तै नगरउपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याइन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ । बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ । नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म  कुनै निर्णय हुन सकेको छैन ।