८ जेठ, काठमाडां । काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन् । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेका छन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएका छन् । काठमाडौं ३१ काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्बाचन क्षेत्र हो ।
उक्त क्षेत्रको वडा नम्बर ३१ मा बिगतथमा नेकपा एमालेले प्यानलै विजय गरेको भएपनि २०७९ सालको स्थानीय तह निर्बाचनमा काँग्रेसबाट अशाक केसीले सदस्यमा विजय हाँशिल गरेका छन् ।
हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । काठमाडौंको मेयरमा स्वतन्त्रबाट बालेन शाहले भारी मतका साथ अग्र स्थान कायम गरेका छन्, काँग्रेसबाट श्रृजना सिंह दोस्रो र केशव स्थापीत तेस्रो स्थानमा छन् ।