बाग्मती

मकवानपुरमा ४२२ किलो गाँजा बरामद

९ जेठ, बागमती । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना ६ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।