लुम्बिनी

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

१० जेठ, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि छन । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन । उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ । 

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले  वडा नं. १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका  घोषणा गर्न  बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।