१६ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा सवार ३ चालक दलका सदस्य, २ जर्मनी नागरिक, ४ भारतीय नागरिक, १३ नेपाली कोहीपनि जिवित नरहेको पुष्टी भएको छ ।
आज नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले दुर्घटनाग्रस्त बिमान भेटेको र बिमानको वरिपरि भैटिएका शबहरु संकलन गर्दा कोही पनि जिवित नभेटिएको खोजीमा संलग्नहरुले मिडियामा बताईरहेका छन् ।
शबहरुलाई हेलिकप्टेरबाट काठमाडौं ल्याउने नागरिक उड्ययन प्राधिकरणले बताएको छ भने दुर्घटनाको कारणलगायतका बिषयमा अनुसंधान गर्ने बताईएको छ ।
बिमान दुर्घटनालाई याशागुम्बा खोज्न आएका बिशाल मगरले प्लेन र्दुघटनाको बारेमा पत्ता लगाएर सम्बन्धीत निकायलाई जानकारी दिएका थिए ।