१९ जेठ, पोखरा । पोखराको सिर्जनाचोकमा बुधबार एक महिला र बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन ।
चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा बस्दै आएकी ३९ वर्षीया महिला झुण्डिएको अवस्थामा भेटिएकी हुन । ४० वर्षीया संञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमति सुशिलाले सात वर्षीया छोरी सोनियाको हत्या गरेर आफुले पनि आत्महत्या गरेकी प्रहरीलाई बताएका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले घटना सम्बन्धमा अनुसन्धान भैरहेको जानकारी दिए। उनले महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा भेटिएको र बालिका मृत अवस्थामा देखिएको बताए। बालिकालाई विष खुवाएर सलले घांटीमा बाँधेर हत्या गरिएको हुनसक्ने डिएसपी तिवारीले आशंका गरे। तर शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक रुपमा के भएको हो भन्न सकिने उनले स्पस्ट पारे।