बाग्मती

भक्तपुर केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

२८ जेठ, काठमाण्डौ । काठमाडौं उपत्यकामा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।