गण्डकी प्रदेश

चुँदीखोलामा माछा मार्न गएका दुई युवकको मृत्यु

३० जेठ, तनहुँ । तनहुँको भानु नगरपालिका–२ का दुई युवकको माछामार्ने क्रममा आईतबार डुबेर मृत्यु भएको छ । २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।
भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उनले जानकारी दिए । मृतक दुवै जनाले नाताले दाजु र भाई हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिए ।

दिउँसो ४ः३० बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताए । साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिए । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै छ । सो ठाउँमा गहिरो रह भएकोले पहिले पनि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । हरेक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नु पर्ने स्थानीय हरि खड्का सुझाव दिए ।