६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्यबृद्धि गरेको छ । आईतबार बसेको आयल निगम समितिको बैठकले मूल्य बढाएर पेट्रोलको मूल्य १९९, मट्टितेल र डिजेलको मूल्य १९२ रुपैयाँ बनाएको छ ।
प्रति लिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य २१ रुपैयाँ बढेर १९९ पुगेको हो । मट्टीतेल डिजेलमा २७ रुपैयाँ र पेट्रोलमा २१ रुपैयाा मृल्य बढेको छ । यो मूल्य आईतबार राती १२ बजेदेखी लागू भईसकेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण नेपालमा पनि मूल्यबृद्धि भएको निगमको दाबी छ ।






