६ असार, काठमाण्डौ । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपंक्षी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड
इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदि पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २३ जना क्षति
मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडका गुल्मी शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।
त्यस्तै गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि घुम्ति बीमा सेवाबाट बीमा शुल्क रकम रु आठ लाख एकासि हजार सात सय पचास
संकलन गरिएको थियो । सो अवसरमा इश्मा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए र
अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा सो वडाका वडा
सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
